Banner News

स्वर्णिम वाग्लेलगायतको नागरिकता छानबिनकाे माग गर्दै गृह मन्त्रालयमा निवेदन



काठमाडौँ, ६ बैशाख । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले नेपालका विभिन्न पार्टीमा रहेका नेताहरूको नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् ।

स्वर्णिम वाग्ले, राजेन्द्र महतो, सरिता गिरी, सुजात कोइराला रेणु दाहाल, मिनेन्द्र रिजाललगायतका नेताहरूको नागरिकता छानबिन गर्न पौडेलले आग्रह गरेका छन् । पौडेलले उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गरी नेपाली नेताहरूसँग भएको विदेशी ग्रिन कार्ड एवं नागरिकताको छानबिन गर्न पनि मन्त्रालयसमक्ष माग गरेका छन् ।