समाचार

भक्तपुरको सल्लाघारीमा आगलागी



भक्तपुर, ३१ बैशाख । भक्तपुरको सल्लाघारीमा ठूलो आगलागी भइरहेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सल्लाघारीमा रहेको एक सोफा कारखानामा आगलागी भइरहेको छ । अहिले बेलुकी ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भए पनि तीव्र हावाहुरीका कारण समस्या भएको छ ।