समाचार

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु



नवलपरासी, १ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरीका अनुसार जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको हो ।

नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरोको टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो । आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।