समाचार

१० जना जुवाडे पक्राउ



काठमाडौँ, ४ जेठ । काठमाडौँको बौद्धबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार राति काठमाडौँ महानगरपालिका–६, बौद्ध, तीनचुलीमा बस्दै आएका ६० वर्षीय रिन्छेन शेर्पाको होटेल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूलाई नगद दुई लाख २५ हजार ७३० रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।