समाचार

काठमाडौँ उड्न लागेको बुद्ध एयरमा मुसा देखियो



काठमाडौँ, ६ जेठ । जनकपुरबाट काठमाडौँतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा दखिएपछि उडान स्थगित भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेपछि उडान स्थगित भएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यात्रुले मुसा देखेपछि उडान स्थगित भएको र यात्रु अर्को जहाजमार्फत काठमाडौँतर्फ आइरहेको बताए । मुसा देखिएपछि चेकजाँच गर्न प्राविधिक टोली जनकपुरतर्फ लागिसकेको छ ।