समाचार

महाकाली किनारमा एक पुरूषको शव फेला



बैतडी, २७ जेठ । बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ ।

प्रहरीका अनुसार शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलतर्फ गएको छ । ।