अर्थ

आज पनि शेयर बजार बढ्यो



काठमाडौँ, ३२ जेठ । शेयर बजार परिसूचक नेप्से आज ५ अंकले बढेरदुई हजार ४२ विन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ ।

बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ । बीमा, उत्पादन, होटल र अन्य समूहको शेयर बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

हिजो बुधवार पाँच अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै सिटी होटलको शेयर १० प्रतिशत र अभियान लघुवित्तको शेयर नौ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै बुङ्गोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर झन्डै छ प्रतिशत र मल्टिपर्पोज फाइनान्स, मिर्मिरे लघुवित्त र साधना लघुवित्तकोे शेयर झन्डै चार प्रतिशतले ओरालो लागेको छ ।