समाचार

नागरिक उड्यनले वालेनलाई सोध्यो स्पष्टीकरण



काठमाडौ १ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगर प्रमुख बालेन्द्र साह ९बालेन०लाई स्पष्टीकरण सोधेको छ ।

सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले काठमाडौं महानगर प्रमुख साहसहित तीन जनालाई स्पष्टीकरण सोधेको हो ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो ।

यसै विषयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगर प्रमुखसहितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन् । प्राधिकरणले यस कार्यलाई कानुनविपरीत भएको बताएको छ । यस्तै, प्राधिकरणले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न समेत भनेको छ । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।
यो कानुन उल्लंघन गरेको पुष्टि भएमा उनले ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । यस्तै, जरिवाना नतिरेमा प्राधिकरणले उडानमा प्रतिबन्ध समेत लगाउन सक्ने कानुनमा व्यवस्था रहेको छ ।