अर्थ

प्याजको मूल्य वृद्धि गरे कारबाही गर्ने चेतावनी



काठमाडौँ, ३ असार । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य बढी लिए कारबाही गर्ने बताएको छ ।

एक सूचना निकालेर विभागले कारबाही गर्ने बताएको हो । सरकारले बजेट मार्फत प्याजमा भ्याट लगाएपछि धेरैमा ६० रुपैयाँ रहेको प्याज प्रतिकेजी १ सयभन्दा धेरै मूल्य पुगेको छ ।