समाचार

जिम्बाब्वेसँग नेपाल पराजित



काठमाडौँ, ३ असार । कप्तान क्राइग एर्भिन र सिन विलियम्सको शतकप्रेरित जिम्बाब्वेले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

आइतबार जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा दुई ब्याटरले शतक बनाउँदा जिम्बाब्वेले नेपालले प्रस्तुत गरेको २९१ रनको लक्ष्य ४४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्योर ।