समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



बाँके, ८ असार । बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारुको करेन्ट लागेर मृत्यु भएको हो ।

मायारानीको आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।