समाचार

१६ संघीय अस्पतालबाट साढे ३ हजार बेड निःशुल्क हुने



 काठमाडौँ, १ साउन । सरकारले देशभरका अस्पतालबाट तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले संघ अन्तर्गतका १६ अस्पतालबाट गरिब, विपन्न, बेवारिसे तथा असहायहहरूको उपचारका लागि सो संख्याको बेड निःशुल्क उपलब्ध गराएको हो ।

यसअघि मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरुको उपचारमा १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन स्थानीय, प्रादेशिक र संघीय, सामुदायिक तथा निजी अस्पतालहरूमा परिपत्र गरेको थियो ।

यसअघि मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरुको उपचारमा १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन स्थानीय, प्रादेशिक र संघीय, सामुदायिक तथा निजी अस्पतालहरूमा परिपत्र गरेको थियो ।