समाचार

बसभित्र वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ 



काठमाडौँ, ५ साउन । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार भएको खुलेको छ ।

प्रहरीका अनुसार बलात्कारको आरोपमा दाङ तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई बिहीबार राति पक्राउ गरेको हो ।

आरोपित दुई जनाले सहयोग गर्ने वहानामा तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर बलात्कार गरेको आरोप छ ।

महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको बताइएको छ ।