विश्व

एलन मस्कले गरे ट्विटरको लोगो परिवर्तन



काठमाडौँ, ८ साउन । अन्ततः एलन मस्कले ट्विटरको लोगो पूर्णरूपमा परिवर्तन गरेका छन् ।

ट्विटरमा रहेको ‘चरा’को ठाउँमा ‘एक्स’ राखिएको छ । वेबमा ट्विटर खोल्दा सुरुमा पूरै लोड हुनुअघि पनि एक्स देखाइरहेको छ ।कम्पनीका प्रमुख एलन मस्कले हिजो नै ट्विटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए ।

कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा याकारिनोले पनि आज (सोमबार) लोगो परिवर्तन गर्ने र ट्विटरलाई नयाँ स्थानमा पुर्‍याउने घोषणा गरेकी थिइन् ।