अर्थ

आज सेयर बजार बढ्यो



काठमाडौँ, १५ साउन । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएपछि लगातार पाँच कारोबार दिन घटेको नेप्से परिसूचक सोमबार बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ५.८४ अंकले वृद्धि भएर २१०६.१८ विन्दुमा रोकिएको हो । आइतबार नेप्से परिसूचक २६.७३ अंकले घटेको थियो ।

सोमबार कारोबार रकम भने घटेको छ । एक अर्ब ८५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आइतबार दुई अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६२ धितोपत्रको ५५ लाख ३१ हजार ७३७ कित्ता खरिद–बिक्री भएको छ ।

विन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.३१ प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको आठ करोड आठ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।