समाचार

धादिङमा तीनवटा ट्रक ठोक्कियो



काठमाडौँ, १७ साउन । धादिङको गणेशपुलमा तीनवटा ट्रक ठोक्किएको छ ।

प्रहरीका अनुसार मंगलबार बेलुकी धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिका बीचमा पर्ने गणेशपुलमा तीनवटा ट्रक एकापसमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।

ब्रेक फेल भएका कारण ठोक्किएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका कारण राजमार्ग अवरुद्ध भएको छ । ट्रकको नम्बर खुल्न सकेको छैन ।