अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १८ साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।