समाचार

कोन्ज्योसोम पर्यटकीय क्षेत्र आकर्षक बन्दै



ललितपुर, १ भदौ । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा भएका पर्यटकीय क्षेत्रहरु आकर्षण्क बन्दै गएका छन् । गाउँपालिकाले पर्यटकीय क्षेत्रमा धमाधमा पर्यटन पूर्वाधार निर्माण गर्दै गएपछि सो क्षेत्रहरु आकर्षक बन्दै गएका हुन् । पर्यटनबाट नै गाउँपालिकाको समृद्धि संभवन हुने गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को नीति, तथा कार्यक्रममा उल्लेख गरिएको छ । अहिले पनि गापालिकामा थुप्रै पर्यटन संभावना बोेकेका पर्यटकीय स्थान भएको र उक्त पर्यटकीय क्षेत्रलाई गाउँपालिकाले थप पर्यटकीय पूर्वाधार निर्माण गर्दै जाने गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोन्ज्योसोम गाउँपालिकामा पर्यटनको धेरै संभावना बोकेको गाउँपालिका हो ।, पर्यटन प्रबद्र्धन र भौतिक पूर्वाधार निर्माण गरी सोको प्रचारप्रसार गर्न अहिले हामी सरोकारवालासँग छलफलको चरणमा छौं ।” सगम्र पक्षहरुसँग छलफल गरी भोलीका लागि नतिजामूखी परिणाम आउने गरी काम गर्दैछौ । गाउँपालिकाको पाँचवटै वडा त्यक्तिकै पर्यटनको संभावना बोकेका वडाहरु हुन् । काठमाडौं उप्त्यकादेखि तराईलाई देख्न सकिने कोन्ज्योसोम प्रतिमा बनाएका दलचोकीको तीनपाने भञ्ज्यांकसम्म पर्यटनको प्रचुर संभावना भएको डाँडाँ हो । संभावना भएका ठाउँलाई पर्यटन पूर्वाधार निर्माण गर्दै जाने नीति गाउँपालिकाको लामाले बताउनुभयो ।