समाचार

डेंगु संक्रमितको संख्या १५ हजार नाघ्यो



काठमाडौँ, १ भदौ । नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट १७ सम्म १५ हजार ३९४ जनामा संक्रमण पुष्टि भएको छ ।

डेंगुका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ ।
डेंगीबाट सैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित बनेका छन् । कोसीमा ११ हजार ३७८ र वाग्मतीमा दुई हजार ४६४ जना संक्रमित छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा ४३४ जना संक्रममित भएका छन् ।