समाचार

डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो



काठमाडौँ, ३ भदा । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १६ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार गत जनवरीदेखि अगष्ट १९ सम्म १६ हजार २६७ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ ।

डेंगीबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १२ हजार २१ र बाग्मतीमा दुई हजार ६५७ जना संक्रमित भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा गरी ६२५ जना संक्रममित भएका छन् ।