विश्व

इटलीमा गर्मी बढ्दै



एजेन्सी, ६ भदौ । इटलीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ । उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो । इटालीमा दुई वर्षयता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको बताइएको छ ।

गत जुलाइमा २७ शहरमध्ये २० वटा शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको थियो । आजसम्म बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, रोम र टुरिनमा अत्याधिक गर्मी हुने बताइएको छ । 

साथै सोमवारसम्म एक दर्जन बढी शहरलाई रेड अलर्टमा राखिएको थियो । देशका मध्य र दक्षिणी भागका शहरको तापक्रम आगामी दिनमा ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जुन महिना यता यो ते्रो पटक यति धेरै तापक्रम बढेको हो ।