राजनीति

प्रधानमन्त्री प्रचण्डलाई भेटेर विप्लवले दिए सहकार्य तोड्ने चेतावनी



काठमाडौँ, १३ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्र विवाद चर्किएको छ । मोर्चामा आबद्ध दल  नेकपाले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको छ । 

सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर मोर्चा र माओवादी केन्द्रसँग समेत सहकार्य तोड्नेसम्मको चेतावनी दिएका हुन् ।  प्रचण्डलाई भेट्न  बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन  नगर्न आग्रह गरेका थिए ।

एमसीसीलाई लिएर विप्लवले अन्य दलका नेताहरूलाई पनि भेट्ने तयारी गरेको उनले बताए । एमसीसीका विषयमा विप्लवले प्रचण्डसँग करिब २ घण्टा लामो भेटघाट गरेको बताइएको छ ।