Banner News

भुटानसंग नेपाल ३ विकेटले विजयी



काठमाडौ १७ भदौ । आइसीसी महिला टी विश्वकप एसिया क्षेत्रको छनोटमा भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी भएको छ । भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३।२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित १२ रन बनाइन् । नेपालका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । तैपनि भुटानले दिएको झिनो लक्ष्य भेट्टाउन यति नै पर्याप्त थियो ।

नेपालका लागि कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाए । भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १(१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको भुटानले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । भुटानका लागि दिचेन वाङ्मोले सर्वाधिक २१ रन जोडिन् । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि पूजा महतोले ३ विकेट, कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १(१ विकेट लिए ।