अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २१ भदौ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ४५० सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।