मनोरञ्जन

फिल्म ‘मायावी’मा पल शाह अनुबन्धित



काठमाडौँ, २१ भदौ । अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् ।

प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन् ।

निर्देशक दिवाकरले फिल्ममा पललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको बताए । निर्देशक श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए ।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि नै अभिनेत्री दीपिका प्रसाईं नायिकाका रुपमा पक्का भइसकेकी छन् । फिल्मका अन्य कलाकार र प्राविधिक सार्वजनिक गरिंदै जाने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्ट्सले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डीओपी रहनेछ । फिल्म असोज २ गतेबाट छायांकनमा जाने जनाइएको छ  ।