समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, २५ भदौ । काठमाडौँमा करेन्ट लगेर एक जनाको मृत्यु भएको छ । 

काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरमा खाजा घर सञ्चालन गरी बस्ने भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राईको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । 

खाजा घरभित्र लत्रिएको विद्युत्को तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।