समाचार

एक घर दुई एभोकाडो बिरुवा रोप्ने अभियान सञ्चालन



बारा, २६ भदौ । केरा खेतीका लागि  प्रख्यात मानिएको निजगढ नगरपालिकामा अव ‘एक घर दुई एभाकाडो’ अभियान  सञ्चालन  भएको छ ।

निजगढलाई  एभोकाडो सिटी बनाउने अभियान अन्तर्गत प्रत्येक घरधुरी २ वटा बिरुवा निःशुल्क वितरण गर्ने र बिरुवा हुर्काउन २ वर्षसम्म  प्राविधिक सहयोग समेत गरिने जनाइएको छ । अभियान अन्तर्गत निजगढबासीहरुले अव आँप, लिची,कटहर र अन्य फलफूलका बिरुवा सरह घरमा २ वटा एभोकाडो फलको बिरुवा हुर्काउने छन् । 

नगरपालिका भित्र रहेका १३ वटा वडाका १२ हजार घरधुरी मध्ये हालसम्म २ हजार ८९० घरधुरीमा ५ हजार ७८० बिरुवा वितरण गरिएको छ ।