समाचार

तीन जना जुवाडे पक्राउ



काठमाडौँ, २६ भदौ । काठमाडौँ महानगरपालिका-१२ भोटेवहालको एक होटलबाट जुवातास खेलिरहेका ३ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौँ छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा टेकु बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका २२ वर्षीय लक्ष्मीराम रोकाया समेत ३ जनालाई सोमबार राति पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रुपैयाँ र १६ बुक ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।