Banner News

पशुपतिमा सुवास नेम्वाङको अन्तिम बिदाइ



काठमाडौँ, २८ भदौ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवलाई पशुपतिस्थित आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएका छन् ।

त्यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

संविधानसभा अध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति रहेको छ । उनीहरु हातमा फूलमाला लिएर लामबद्ध छन् ।