अर्थ

विदेशी मुद्रासहित एकजना पक्राउ



हेटौँडा, १ असोज । मकवानपुरमा विभिन्न देशका मुद्रासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहारका ४० वर्षीय रम्भु दास छन् । आइतबार साँझ हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको माइक्रोबसमा उनी सवार थिए । चेकजाँचका क्रममा दासको साथबाट युरो चार हजार, जापानी येन १३ लाख ३० हजार र साउदी रियाल १६ हजार ३१५ बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।