राजनीति

नेपालले चीनलाई एकजोडी एकसिंगे गैँडा दिने



काठमाडौँ, ९ असोज । नेपालले चीनलाई उपहारस्वरूप एकजोडी एकसिंगे गैँडा दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको अवसरमा नेपाल र चीनका तर्फबाट मंगलबार बिहान जारी गरिएको संयुक्त विज्ञप्तिमा यो विषय समेटिएको छ ।

“नेपालले दुई देशबीचको दिगो मित्रताको प्रतीकको रूपमा चीनलाई नेपाल सरकार र जनताको तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई उपहारस्वरूप एकजोडी एकसिंगे गैँडा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ,” संयुक्त विज्ञप्तिमा उल्लेख छ ।