अर्थ

दोलखाबाट ४ किलो सुन बरामद



काठमाडौँ, ११ असोज । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको छ ।

सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको दोलखाका डिएसपी दीपक खड्काले बताए । खड्काले भने–‘सुन जस्तो देखिने धातु बरामद गरेर परीक्षणका लागि पठाएका छौँ ।’

तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।