राजनीति

१७ दिन संसद रोकेर प्रधानमन्त्री घुम्न निस्कनु शोभनीय भएन : अध्यक्ष ओली



विराटनगर, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय नभएको बताएका छन् । 

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय हुन नसक्ने बताए । 

उनले भने, ‘संसद १७ दिनसम्म स्थगित गरेर प्रधानमन्त्री घुम्न निसकनु भएको छ । दुई साताको प्रधानमन्त्रीको भ्रमण भनेको यो साधारण होइन, कार्यकारी सरकार प्रमुख त्यस्तो फुर्सदिलो हुने शोभनीय कुरै होइन ।’ उनले सत्ता साझेदार दल नेपाली कांग्रेसमा देशप्रतिको चिन्ता नभएको भन्दै तत्काल सरकार परिवर्तनको सम्भावना आफूले नदेखेको पनि बताए । ‘कांग्रेसमा देशप्रतिको चिन्ता छैन । उ बेग्लै संसारमा छ ।’ 

ओलीले गठबन्धन सरकार चल्न नसकेको भन्दै वर्तमान सरकारले देशका लागि केही दिन नसकेको बताए ।