समाचार

दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा



काठमाडौँ, १८ असोज । क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको डिआइजी कुवेर कडायतले बताए । चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै आइजिपी बसन्त कुँवरले विशेष बढुवा गरेको उनले बताए । 

गत असोज १० गते हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगाएको थियो।