अर्थ

छहारी सहकारीको १३औं साधारण सभा सम्पन्न



भक्तपुर, २७ असोज । छहारी बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ४ मा सञ्चालनमा रहेको उक्त सहकारीले आज एक कार्यक्रम गरी आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा अध्यक्ष कृष्णहरी खड्काले संस्थागत, सचिव निरञ्जन राजथलाले संस्थाले गत वर्ष गरिएका कार्यक्रम र आगामी वर्षमा गरिने कार्यक्रमहरु, कोषाध्यक्ष प्रविने शंखदेवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

छहारीमा दुई हजार ७ सय ४५ जना महिलासहित पाँच हजार एक सय ५२ जना सेयर सदस्य रहेको सहकारीले गत आर्थिक वर्ष २६ करोड २९ लाख रूपैया बचत संकलन गरी ३७ करोड १ लाख रूपैयाँ ऋण लगानी गरेको छ । संस्थाका अध्यक्ष कृष्णहरि खड्काका अनुसार सहकारीले गत वर्ष ७६ लाख ९० हजार रूपैयाँ नाफा आर्जन गरेको छ । सहकारीले ६० वर्ष पुगेका जेष्ठ सदस्यलाई ५० प्रतिशत छुटमा उपचार गराउने व्यवस्था गरेको छ भने अन्य शेयर सदस्यलाई २० देखि ३० प्रतिशत छुटमा उपचार गर्न आरोग्य मल्टिस्पेसियालिटी हस्पिटलसंग समझौता गरेको अध्यक्ष खड्काले बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट ६ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनुहुनेहरुमा उत्कृष्ट बचतकर्तामा विमला श्रेष्ठ, उत्कृष्ट ऋणीमा सीता खनाल, उत्कृष्ट वालबचतकर्तामा सारा राजथला, उत्कृष्ट महिला समुहमा मखमली महिला समुह, एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा समृद्धि खड्का र छात्र सक्षम श्रेष्ठलाई सम्मान गरिएको छ ।

५१ सय ५२ जना सदस्य रहेको उक्त सहकारीको वार्षिक साधारणसभाको उद्घाटन नगरप्रमुख वाशुदेव थापाले गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष लक्षुराम न्यौपाने, समाजसेवी प्रेमबहादुर खड्कालगायत विभिन्न सहकारी संम्बन्धीत व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नुएको थियो ।