राजनीति

जसपाका पाँच जिल्ला समिति पुनर्गठन



काठमाडौँ, २८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँचवटा जिल्ला समिति पुनर्गठन गरेको छ ।

पुनर्गठन भएका जिल्लाहरुमा बागमती प्रदेश अन्तर्गतका चारवटा जिल्ला भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र कोशी प्रदेशको इलाम जिल्ला समिति शनिबार पुनर्गठन गरिएको हो । भक्तपुरमा श्याम शिल्पकार, काभ्रेपलाञ्चोकमा वीरबहादुर तामाङ, सिन्धुपाल्चोकमा जगत मोक्तान, धादिङ जिल्लामा ईमानसिंह तामाङ र इलाम छिकिन तामाङको अध्यक्षतामा  जिल्ला समिति पुनर्गठन गरिएको छ ।