राजनीति

कृषि विकास कार्यक्रममा सहभागिताका लागि प्रस्ताव आह्वान



ललितपुर, १८ कार्तिक । कृषि ज्ञान केन्द्र ललितपुरले कृषि विकास कार्यक्रममा सहभागि हुनका लागि प्रस्ताव आह्वानको लागि सूचना सार्वजनिक गरेको छ ।

ज्ञान केन्द्रले व्यावासयिक तरकारी खेती कार्यक्रम अन्तर्गत ललितपुरको कोन्ज्योसोम गाउँपालिका सहित सबै ललितपुरका सबै स्थानीय तह च्याउ खेती प्रबद्र्धन कार्यक्रमका लागि ललितपुरको कोन्ज्योसोम, गोदावरी, महालक्ष्मी नगरपालिकालाई प्रस्तावका लागि सूचना आह्वान गरिएको छ ।

त्यस्तै प्रस्तावमा पुष्प खेती प्रबद्र्धन कार्यक्रम, खाद्य प्रणाली रुपान्तरणका लागि मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको ज्ञान केन्द्रद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । प्रस्तावमा बागमती प्रदेश अन्तर्गका काठमाडौँ, भक्तपुर र ललितपुरका स्थानीय तहलाई सहभागि हुनका लागि प्रस्ताव आह्वान गरिएको छ ।