राजनीति

एकीकृत समाजवादीले बुझायो भूकम्प पीडितका लागि सहयोग रकम



काठमाडौँ, २१ कार्तिक । जाजरकोटमा गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई नेकपा (एकीकृत समाजवादी)ले पनि सहयोग रकम हस्तान्तरण गरेको छ ।

पार्टीले घोषणा गरे बमोजिमको २५ लाखको चेक पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।