समाचार

भूकम्पबाट घाइते थप एक जनाको मृत्यु



सुर्खेत, २४ कार्तिक । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रदेश अस्पतालका डा. केएन पौडेलका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट रहका छन् ।

उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको हो । यससँगै जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ । रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ ।

हाल कर्णाली प्रदेश अस्पतालमा २६ घाइतेहरुको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।