समाचार

भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्ने  



काठमाडौँ, २९ कार्तिक । जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।

विभागले आज राति कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत आसपासको क्षेत्र र  लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । उक्त क्षेत्रमा राति न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।