समाचार

दुर्घटनामा एक जनाको मृत्यु



रौतहट, ३० कार्तिक । रौतहटको चन्द्रनिगाहपुरमा अटो र मोटरसाइकल एक आपसमा ठोकिँदा अटोमा सवार  महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पूर्व पश्चिम राजमार्गस्थित चन्द्रपुर ५ जगत पेट्रोल पम्प नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना २ ह २४५३ नं. को अटो र सोही दिशातर्फ आउँदै गरेको ज ७ प ८२५० नं. को मोटरसाइकल एक आपसमा ठोकिँदा अटोमा सवार  चन्द्रपुर ४ मुस्लिम टोलकी शैरुन खातुनको मृत्यु भएको हो । 

दुर्घटनामा परेको मोटरसाइकल, अटो र चालक नियन्त्रणमा रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।