समाचार

बोरा गोदाममा आगलागी



काठमाडौँ, ३० कार्तिक । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा रहेको एसके ट्रेडिङको बोरा गोदाममा आगलागी भएको हो । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । यस्तै, झापाको दमकमा हिजो बिहान आगलागी हुँदा २ घरसहित ग्वाली जलेर नष्ट भएको छ । बुधबार बिहानको समयमा दमक ३ का मनबहादुर बोहोरा र शर्मिला कार्कीको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आगलागीमा परेर बोहोराको ग्वालीमा बाँधेको ४ वटा बाख्रा पनि जलेर मरेका छन् । आगलागीबाट नगद २ लाख २४ हजार, ५ तोला सुनलगायत घरमा रहेको भौतिक संरचनासहित करिब ४० लाख बराबरको क्षति भएको बताइएको छ । घरसहित अन्नपात सबै जलेपछि पीडित परिवार छिमेकीकोमा बसेका छन् ।