अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ११ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।