समाचार

सोल्टीमोडबाट १० लाख रूपैयाँ बराबरको धनमाल चोरी



काठमाडौँ, १२ मंसिर । काठमाडौँको सोल्टीमोडबाट १० लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार सोल्टीमोड बस्ने ३५ वर्षीय गौतम साहको ईलोक्टमा ट्रेनी कम्पनीको गोदामबाट केवल स्केट २ सय किलोग्राम, कपर बायल ७० किलोग्राम, सेपटी बोलट १० पिस, टपुरिया कटर १० पिस, चौनपुली ३ पिस, सुईच गेयर बस्स समेत गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।