राजनीति

बालबालिका निर्देशिका मस्यौदा सम्बन्धी छलफल सम्पन्न



काठमाडौँ, १२ मंसिर । बालबालिकाविरुद्ध हिंसा तथा यौन दुव्र्यवहार सम्बन्धी घटनाको अनियवार्य सूचना दिने तथा बालबालिकाको उच्चतम् हित निर्धारण गर्ने बारे निर्देशिकाको मस्यौदा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्ले सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त मस्यौदामाथि विभिन्न विषयविज्ञ तथा सम्बन्धीत निकायसँग छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा बालबालिका देशको भविष्यको सुन्दर मेरुदण्ड भएको उल्लेख गर्दै राज्यको जगको रुपमा रहेका बालबालिकाको भविष्य दरविलो भएमात्र राज्यको अंगहरु दरविलो हुने तर्फ सचेत गराईएको थियो ।

परिषद्का पूर्वअध्यक्ष मिलन धरेलले राज्य प्रशासनले कानुनमा उल्लेख भएका प्रावधान अनुसार कडाईका साथ कार्यान्वयन नगरेका कारण समस्या पैदा भइरहेको बताउनुभयो । चर्चित घटनाहरु विभिन्न दवाप र प्रभावमा पारि होस्टाईल गराउने क्रम तिव्र बढेको उल्लेख गर्दै उहाँले मानव तस्करी, पुरानो सोचको संस्कृति लगायतका कारण बालबालिकामा थप समस्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । कानुनमा नै मुद्धा दर्ता गर्न समय लामो भएका कारण मुद्धाका प्रमाणहरु उक्त समयावधीमा लोप हुने खतरा रहेको उल्लेख गर्दै उहाँले व्यक्तिगत घटना सम्बन्धीका कागजातमा समेत अतिक्रमण गरी पीडितलाई पीडकले थप पिडा दिने गरेको असंख्य द्धटनाहहरु रहेको जानकारी गराउन्ुभयो । बालबालिकाको सुरक्षा र संरक्षणको अधिकार संवैधानिक तथा व्यवहारीक रुपमा ज्ञारेन्टी हुनुपर्नेमा उहाँको जोड थियो ।