राजनीति

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने



काठमाडौँ, १३ मंसिर । जनता समाजवादी पार्टी नेपालले सुरु गरेको तीन महिने अभियान कात्तिकमा सकिए पनि त्यसलाई निरन्तरता दिने भएको छ ।

औपचारिक रूपमा त्यसको म्याद नथपिए पनि अभियानलाई निरन्तरता दिएको पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले बताए । बैठक बसेर अभियानको म्याद थप्ने निर्णय हुन्छ अहिलेलाई त्यही अभियानलाई निरन्तरता दिएको बताए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेकाले बैठक तय भएको छैन, उनी काठमाडौँ फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने उनले बताए ।

विधान अधिवेशनबाट नयाँ विधान ल्याइ सकेपछि विधान अनुसार पार्टी पुनर्गठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो । त्यो अभियानबाट प्रदेश समिति र राष्ट्रिय समिति तथा केही जिल्ल र पालिका समिति पुनर्गठन गरेको छ ।