समाचार

कुटपिटमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ



कैलाली, १३ मंसिर । घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ ।

कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सोही नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ  ।