समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु



बारा, १३ मंसिर । बाराको कोल्हबी नगरपालिका-१ बटौलियामा  ट्याक्टरबाट लडेर इक जना वृद्धको मृत्यु भएको छ । ना.५ त ४६७५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ट्याक्टर धनी ६५ वर्षीय नारायण चौधरीको बुधबार मृत्यु भएको हो । 

ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका उनको  एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।