समाचार

मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते



काठमाडौँ, १४ मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  बिहीबार १ बजेको समयमा जिल्ला मकवानपुरगढी-२ धवाडी पुल स्थित भित्रि सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो । दुर्घटनामा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष ३४ की रुपा स्याङ्तान र ५ महिनाको शिशुको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी- २ कुर्ले पाखा बस्ने वर्ष ३५ को भीमबहादुर स्याङ्तान घाइते भएका छन् ।