विश्व

भारतमा पाँच राज्यको चुनावः कांग्रेस आईर भाजपा को अघि ?



काठमाण्डौ,१५ मंसिर । भारतका विभिन्न पाँच राज्यको विधानसभा चुनाव सकिएसँगै एक्जिट पोलहरू सार्वजनिक भएका छन् । मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजरोममा चुनाव सम्पन्न भएको हो । ३ डिसेम्बरमा मतगणना हुनेछ । त्यसअघि भारतीय सञ्चार माध्यमहरूले एक्जिट पोल सार्वजनिक गरेका छन् ।

एक्जिट पोलहरूले देखाए जस्तै नतिजा आए भारतीय जनता पार्टी ९भाजपा० का लागि राम्रो संकेत देखिएको छैन । मध्यप्रदेशमा अहिले भाजपको सरकार छ । एक्जिट पोलहरूले मध्यप्रदेशमा भाजपले चुनाव जित्ने अनुमान गरेका छन् । २ सय ३० सिट रहेको मध्यप्रदेशमा भाजपाले १४० देखि १६२ सिटसम्म जित्ने अनुमान छ । यहाँ कांग्रेस आईले ६८ देखि ९० सिट जित्ने अनुमान छ । यद्यिप अर्को फरक एक्जिट पोलले भने कांग्रेस आईले बहुमत ल्याउन सक्ने देखाएको छ । अथवा यहाँ भाजपाले जित्ने अनुमान भए पनि कांग्रेस पनि प्रतिस्पर्धामै देखिएको छ । बहुमतका लागि यहाँ ११६ सिट आवश्यक हुन्छ । अहिले यहाँ भाजपाका शिवराज चौहान मुख्यमन्त्री छन् ।

उता हाल कांग्रेसका अशोक गहलोत मुख्यमन्त्री रहेको राजस्थानमा ३० वर्षको इतिहास उल्ट्याउँदै कांग्रेसले फेरि सरकार बनाउने एक्जिट पोलहरूले देखाएका छन् । राजस्थान२ सय सिटमध्ये १९९ सिटामा चुनाव भएको छ । यहाँ बहुमत ल्याउन १०१ सिट आवश्यक हुन्छ । इक्जिट पोलहरूले यहाँ कांग्रेसले ८६ देखि १०६ सिट जित्ने अनुमान गरेका छन् । यदि यहीअनुसार रिजल्ट आएमा यहाँ विगत ३० वर्षदेखि हरेक पाँच वर्षमा हुँदै आएको सत्ता परिवर्तन रोकिनेछ । उता भाजपाले पनि ८० देखि १०० सिट जित्ने अनुमान छ । यहाँ कांग्रेस र भाजपाबीच कडा टक्कर देखिएको छ ।

यस्तै कांग्रेसकै सरकार रहेको छत्तिस गढमा योपटक पनि कांग्रेसले नै सरकार बनाउने अनुमानहरू गरिएको छ । एक्जिट पोलहरूले ९० सिट रहेको छत्तिसगढमा कांग्रेसले ४० देखि ५० सिट जित्ने अनुमान गरेका छन् । यहाँ अहिले कांग्रेसका भुपेष बघेल मुख्यमन्त्री छन् । यहाँ भाजपाले ३६ देखि ४६ सिट ल्याउने अनुमान गरिएको छ ।

यस्तै तेलंगनामा कांग्रेस सबैभन्दा ठूलो पार्टी वा बहुमतमा पुग्ने अनुमानहरू सार्वजनिक भएका छन् । अहिलेका मुख्यमन्त्री बीआरएसका केसीआरको सरकार ढल्ने अनुमान गरिएको छ । यहाँ पनि कांग्रेसले सरकार बनाउन सक्ने एक्जिट पोलहरूले देखाएका छन् । यहाँ ११९ सिट छन् ।